पोखरा, साउन २३ — पोखराको वर/पिपल प्रकरणमा संलग्नको आरोप लागेका मानव सेवा फाउन्डेसन नेपालका एक कर्मचारीलाई कास्कि जिल्ला अदालतले निर्दोष ठहर गर्दै साधारण तारिखमा रिहा गर्ने आदेश दिएको छ। आदेशअनुसार उनलाई एक दिन पनि हिरासतमा नराखी तत्काल रिहा गरिएको हो।
उक्त घटनामा संलग्न ठहर गरिएका केही स्थानीय व्यक्तिलाई भने पाँचदेखि दश हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष बिजय कृष्ण मुर्तिले घटनालाई योजनाबद्ध र प्रायोजित षड्यन्त्र भएको दाबी गरेका छन्। उनका अनुसार, कोटिहोम सञ्चालनसम्बन्धी विवादमा पोखरा उच्च अदालतले यसअघि तीनपटकसम्म फाउन्डेसनकै पक्षमा फैसला गरिसकेको छ।
मुर्तिले भने, “फाउन्डेसन र सेवामा समर्पित व्यक्तिमाथि लगाइएका आरोप संस्थाको छवि बिगार्न गरिएको हो। यस पटकको घटनाको उद्देश्य पनि सामाजिक सद्भावमा खलल पुर्याउनु र संस्थाको लोकप्रियता कमजोर पार्न खोज्नु थियो”
काठमाडौँ, भदौ २० – चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) स्थित जग्गा हा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!