धनुषा असार २५-धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट बुधबार करीव १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३ सय २० के.जी. काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन ।
बरामद काजु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।
पोखरा, साउन २३ — पोखराको वर/पिपल प्रकरणमा संलग्नको आरोप लागेका मानव सेवा फाउन्डेसन नेपालका एक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!