काठमाडौं, असार २५ — गुहेश्वरि मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा बुधबार बिहान गुह्येश्वरी मन्दिरको पूर्वी भागमा अवस्थित जङ्गल क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। गहिरो पहिरोको जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा धार्मिक क्षेत्रको हरियाली विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बिहान ६:४५ बजे सुरु भएको कार्यक्रममा कुल १२५ वटा बिरुवा रोपिएको समितिले जनाएको छ।
कार्यक्रममा गुठी संस्थानका प्रशासक शैलेश राज कुँवर, पशुपति गोश्वारा कार्यालयकी प्रमुख सुशिला शर्मा, धार्मिक शाखाका प्रमुख राजेन्द्र दाहाल, नायब सुब्बा नुतन देवकोटा, गुठी संस्थानका इन्जिनियर भीम प्रसाद अधिकारी, काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आसमान संगत, गुह्येश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कर्माचार्य, कोषाध्यक्ष श्रीकृष्ण डङ्गोल लगायत समितिका पदाधिकारी, कर्मचारी, संघसंस्था, वातावरण अभियन्ता र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका उद्यान तथा वातावरण विभागले १०० वटा ट्री गार्ड र १० वटा धुपीका बिरुवा उपलब्ध गराएको थियो भने वन विभाग अन्तर्गत हात्तीसार नक्सालस्थित वर बीउ उत्पादन तथा प्रशोधन केन्द्रले ७५ वटा विभिन्न प्रजातिका बिरुवा प्रदान गरेको थियो।
गुह्येश्वरी मन्दिर परिसरको पूर्वी क्षेत्र पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले वृक्षारोपणबाट जमिनको संरक्षण, हरियाली विस्तार, पर्यावरण सन्तुलन तथा धार्मिक स्थलको सौन्दर्य वृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमपछि सहभागीहरूका लागि चिया–नास्ताको पनि व्यवस्था गरिएको थियो। गुठी समितिका अनुसार आगामी दिनमा गुह्येश्वरी क्षेत्र वरपरका अन्य जङ्गल र खाली भूभागमा पनि वृक्षारोपण कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।
पोखरा, साउन २२ –यातायात व्यवस्था कार्यालय, कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल सवारी च ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!