डोल्पा, असार १९ —जिल्ला डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ मा अस्तित्वमै नरहेको विद्यालय ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’ को नाममा भवन निर्माणको योजना बनाई ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरिएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अनुसन्धान अनुसार सो क्षेत्रका कुनै पनि वडामा दुर्गा प्रा.वि. नामक विद्यालय कहिल्यै सञ्चालनमा नरहेको पुष्टि भएको छ। सोही ठाउँमा रहेको एक मात्र विद्यालय श्री लालिगुराँस आधारभूत विद्यालय हो। दुर्गा प्रा.वि.को नाममा योजनाबद्ध रुपमा उपभोक्ता समिति खडा गरी नक्कली कागजात तयार पारेर भवन निर्माण देखाइएको र त्यसकै आधारमा रकम भुक्तानी लिइएको आयोगको दाबी छ।
विशेष अदालतमा दायर आरोपपत्रमा जिल्ला प्राविधिक कार्यालय, दुनैका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा संलग्न रहेको उल्लेख छ।
चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलको मागसहित मुद्दा दायर गरिएको छ।
अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा नक्कली विद्यालय देखाएर ७ लाख ६० हजार रुपैयाँ चेकमार्फत निकासी गरेका थिए।
प्राविधिक स्थलगत मुचुल्कादेखि जिल्ला शिक्षा कार्यालयको पुष्टि र मन्त्रालयबाट रकम नआएको प्रमाणसमेतका आधारमा आरोप पुष्टि भएको अख्तियारको दाबी छ।
काठमाडौं, साउन १७—सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा साउन १६ गते आयोजित अन्तरक्र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!