लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक धरानमा सम्पन्न

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक धरानमा सम्पन्न

धरान, श्रावण १७ — लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक आज धरानमा सम्पन्न भएको छ। बैठक हरिथलङ राईको अध्यक्षतामा र एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा कोशी प्रदेशका १४ जिल्ला र घटक संगठनहरूको प्रतिवेदन प्रस्तुत गरिनुका साथै समसामयिक विषयहरूमा छलफल गरिएको थियो।

मुख्य अतिथि घनश्याम खतिवडाले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न राजनीतिक तहमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै भने,
“साँस्कृतिक, भाषिक र जातीय पहिचान कुनै एक समूहको नभएर राष्ट्रिय सम्पत्ति हो। त्यसको सम्मान र संरक्षण सबै राजनीतिक दलहरूको साझा जिम्मेवारी हो। एमालेले आदिवासी जनजातिको मुद्दालाई सदैव सकारात्मक रूपमा लिएको छ र आगामी दिनमा अझ संस्थागत ढंगबाट सम्बोधन गरिनेछ।”

बैठकमा महासङ्घका केन्द्रीय महासचिव देवराज राई, विभिन्न जिल्ला प्रतिनिधिहरू, सामाजिक अभियन्ता र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकले प्रदेशस्तरमा संगठन सुदृढीकरण, पहिचानको संरक्षण, र जनस्तरमा जागरण अभियान तीव्र गर्ने निर्णयसमेत गरेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशुपतिमा विराट महायज्ञ: मन्त्री श्रेष्ठको आगमनले ऊर्जा थप्यो
6 महिना अगाडि

काठमाडौं ।बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ शुक्रबार पशुपति क्षेत्रमा जारी श ...

छुटाउनुभयो कि ?

TOP