बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने, नयाँ मुख्यमन्त्रीको खेल सुरु

काठमाडौं, साउन १७– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्ततः राजीनामा दिन तयार भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँसँग भएको पराजयपछि पनि लामाले केही दिनसम्म राजीनामा नदिने अडान लिएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले स्पष्ट निर्देशन दिएपछि उनी पद त्याग्न सहमत भएका हुन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले लामालाई लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न र नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । देउवाको आग्रहपछि लामा “साथीहरूसँग सल्लाह गर्छु” भन्दै निस्किए पनि स्रोतका अनुसार उनले शनिबारसम्म राजीनामा दिने तयारी गरेका छन् ।

लामाले राजीनामा दिने निर्णयसँगै बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने निश्चित भएको छ । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित इन्द्र बानियाँ अब मुख्यमन्त्री बन्ने प्रमुख दावेदारका रूपमा अगाडि आएका छन् ।

यससँगै बागमती प्रदेशको राजनीतिमा फेरि एकपटक शक्ति सन्तुलनको दौड सुरु भएको छ । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डा र समर्थनको गुठबन्दी गर्न सक्रियता बढेको देखिएको छ।

बहादुरसिंह लामा तत्कालीन गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका थिए । तर हालै सम्पन्न संसदीय दलको निर्वाचनमा उनले इन्द्र बानियाँसँग हार बेहोरेपछि नेतृत्व परिवर्तनको बहस चुलिएको थियो । देउवाको हस्तक्षेपपछि लामा साइड हुँदै अब नयाँ मुख्यमन्त्रीको प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ ।

मुख्यमन्त्री लामाको राजीनामासँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिने छ । अबको केन्द्रीकृत चासो इन्द्र बानियाँकै वरिपरि घुम्नेछ । शनिबार उनको राजीनामा सार्वजनिक भएलगत्तै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP