बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने, नयाँ मुख्यमन्त्रीको खेल सुरु

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने, नयाँ मुख्यमन्त्रीको खेल सुरु

काठमाडौं, साउन १७– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्ततः राजीनामा दिन तयार भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँसँग भएको पराजयपछि पनि लामाले केही दिनसम्म राजीनामा नदिने अडान लिएका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले स्पष्ट निर्देशन दिएपछि उनी पद त्याग्न सहमत भएका हुन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले लामालाई लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न र नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । देउवाको आग्रहपछि लामा “साथीहरूसँग सल्लाह गर्छु” भन्दै निस्किए पनि स्रोतका अनुसार उनले शनिबारसम्म राजीनामा दिने तयारी गरेका छन् ।

लामाले राजीनामा दिने निर्णयसँगै बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने निश्चित भएको छ । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित इन्द्र बानियाँ अब मुख्यमन्त्री बन्ने प्रमुख दावेदारका रूपमा अगाडि आएका छन् ।

यससँगै बागमती प्रदेशको राजनीतिमा फेरि एकपटक शक्ति सन्तुलनको दौड सुरु भएको छ । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डा र समर्थनको गुठबन्दी गर्न सक्रियता बढेको देखिएको छ।

बहादुरसिंह लामा तत्कालीन गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका थिए । तर हालै सम्पन्न संसदीय दलको निर्वाचनमा उनले इन्द्र बानियाँसँग हार बेहोरेपछि नेतृत्व परिवर्तनको बहस चुलिएको थियो । देउवाको हस्तक्षेपपछि लामा साइड हुँदै अब नयाँ मुख्यमन्त्रीको प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ ।

मुख्यमन्त्री लामाको राजीनामासँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिने छ । अबको केन्द्रीकृत चासो इन्द्र बानियाँकै वरिपरि घुम्नेछ । शनिबार उनको राजीनामा सार्वजनिक भएलगत्तै नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नापी अधिकृत सुग्रीव यादबसहित परिवारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र
6 महिना अगाडि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधि ...

छुटाउनुभयो कि ?

TOP