काठमाडौं, असार १९–लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा गालीगलौज र चरित्र हत्या गर्ने व्यक्तिमध्ये एकजना पक्राउ परेका छन्। ३३ वर्षीय गुन्जन राईलाई साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट पक्राउ गरेको हो।
गायिका चौहानले लामो समयदेखि सामाजिक सञ्जालमा अपमानजनक, अश्लील र गालीगलौजपूर्ण सामग्रीहरू आईडीहरूबाट आइरहेकाले चारजनाविरुद्ध उजुरी दिएकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले गुन्जन राईको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुन्जन राईले ४० देखि ५० वटा नक्कली फेसबुक आईडी बनाएका थिए, र ती आईडीमार्फत निरन्तर एलिनामाथि अभद्र व्यवहार गर्दै आएका थिए। उनका केही साथी वा सहकर्मी विदेशी आईडीमार्फत दुरुपयोगमा संलग्न रहेको र उनीहरू विदेशमै रहेको जानकारी पनि खुलेको साइबर ब्युरोले जनाएको छ।
काठमाडौं, साउन १७—सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा साउन १६ गते आयोजित अन्तरक्र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!