महालेखा परिक्षकको ६७ औं वार्षिक उत्सव सम्पन्न, उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तह र कर्मचारी सम्मानित

काठमाडौं, असार १५ — महालेखा परिक्षक कार्यालयको ६७ औं वार्षिक उत्सव आइतबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए भने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल विशेष अतिथि र महालेखा परिक्षक तोयम राय अध्यक्ष रहेका थिए।

बार्षिक उत्सवमा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट लेखा परीक्षण कार्य सम्पादन गर्ने सात जना र व्यवस्थापनमा उल्लेखनीय योगदान दिने थप तीन जना कर्मचारीलाई सम्मान गरिएको छ। कार्यक्रमका दौरान पत्रकार सागर पण्डितलाई समेत संस्थाको कार्यसञ्चालनमा सहयोग पुर्‍याएको भन्दै सम्मान प्रदान गरिएको प्रवक्ता श्रीकुमार राइले जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित महाभारत गाउँपालिकालाई बेरुजु शून्यमा झार्न सफल भएको आधारमा प्रशंसा पत्र प्रदान गरिएको छ। यस्तै, लेखा परीक्षणपछि कायम बेरुजुको तुलनामा बढी फच्र्योट गरी सम्परीक्षण गराउने सातवटै प्रदेशका एक–एक स्थानीय तहलाई पनि सम्मान गरिएको छ। ती स्थानीय तहहरूमा सोलुदुधकुण्ड नगरपालिका (कोशी), इशनाथ नगरपालिका (मधेस), मण्डनदेउपुर नगरपालिका (बागमती), पाणिनी गाउँपालिका (गण्डकी), त्रीबेणी गाउँपालिका (कर्णाली) र पञ्चदेवल बिनायक नगरपालिका (सुदूरपश्चिम) रहेका छन्।

यसै क्रममा, पूर्व महालेखा परिक्षक रामप्रसाद श्रेष्ठलाई दीर्घजीवी लेखा परिक्षण सेवा सम्मानबाट सम्मान गरिएको हो।

कार्यक्रममा संबैधानिक निकायका प्रमुखहरू, मुख्य सचिव, प्रधानसेनापति, मुख्य रजिस्ट्रार, विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, चाटर्ड एकाउन्टेन्ट्स संघ, अडिटर्स संघ, लेखा मान बोर्डलगायत उच्चस्तरीय अधिकारीहरूको उपस्थिति थियो।

प्रवक्ता राइका अनुसार, सार्वजनिक वित्तमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न लेखा परीक्षण प्रणालीलाई अझ सुदृढ बनाउने लक्ष्यसहित आगामी कार्ययोजना अघि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP