बागमती प्रदेश सरकारमा भूकम्प: चार मन्त्री पदमुक्त, कांग्रेसभित्र गहिरिँदो संकट

बागमती प्रदेश सरकारमा भूकम्प: चार मन्त्री पदमुक्त, कांग्रेसभित्र गहिरिँदो संकट

काठमाडौं, साउन १० —बागमती प्रदेश सरकारमा गम्भीर राजनीतिक संकट देखिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसभित्रकै आन्तरिक कलहको बीचमा चार मन्त्रीहरूलाई पदमुक्त गरेका छन्।

शुक्रबार साँझ मुख्यमन्त्री लामाले प्रदेश प्रमुखसमक्ष चार मन्त्रीहरूको पदमुक्तिको पत्र पठाएका हुन्। पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरी रहेका छन्।

उनीहरू सबै नेपाली कांग्रेसबाटै प्रतिनिधित्व गरिरहेका थिए। मुख्यमन्त्री लामासँगको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्रीहरूले राजीनामा दिएका थिए। तर लामाले राजीनामा स्वीकृत नगरी उल्टै पदमुक्त गरिदिएका छन्, जसले कांग्रेसभित्रको आन्तरिक विवादलाई अझै गहिर्याएको छ।

प्रदेश सरकारको सन्तुलनमा समेत असर पार्ने गरी उठेको यो राजनीतिक भूचालले आगामी दिनमा गठबन्धनको स्वरूप र सत्ता सन्तुलनलाई पुनः परिभाषित गर्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

यस घटनाले बागमती प्रदेशमा नेतृत्व संकट र सत्ता समीकरणमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।



 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP