काठमाडौँ, असार २९ – काठमाडौँ महानगरपालिकाको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गर्दै परियारसहित तत्कालीन महानगर निर्देशकहरू रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीलाई प्रतिवादी बनाएको हो।
अख्तियारका अनुसार काठमाडौँ महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा मिलेमतो गरेर कम मूल्य कबोल गर्ने कम्पनीलाई अयोग्य ठहर गर्दै बढी मूल्य कबोल गर्ने कम्पनीसँग ठेक्का सम्झौता गरिएको पाइएको छ।
‘समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँको बोलपत्र दिएकोमा अयोग्य घोषित गर्दै कल्पवृक्ष कोहीनूरसँग २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा सम्झौता गरिएको छ,’ अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। ‘त्यसअनुसार ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ सार्वजनिक सम्पत्तिमा हानि पुर्याइएको देखिएकाले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको हो।’
आयोगले सातै जना प्रतिवादीमाथि बिगोअनुसार जरिवाना र कैद सजायको मागदाबीसमेत गरेको छ। आयोगका अनुसार यो कार्य सार्वजनिक खरीद ऐन, नियमावली र पारदर्शिता मापदण्डविपरीत छ, जसले सरकारको सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ।
अब विशेष अदालतमा मुद्दाको सुनुवाइ सुरु हुनेछ।
काठमाडौं, असार २६ —खोटाङ जिल्ला, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित श्री जनता उच्च माध ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!