असार २१, काठमाडौं | अमेरिकाको टेक्सास राज्यमा शुक्रबारदेखि आएको भीषण बाढीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । ग्वाडालुपे नदी आसपासको क्षेत्रमा लगातार वर्षापछि आएको बाढीले सडक सञ्जाल र टेलिफोन नेटवर्क समेत तहस-नहस बनाएको छ ।
अमेरिकी संचारमाध्यम सीएनएनका अनुसार मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढी प्रभावित क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने उद्धार कार्य तीव्र पारिएको छ ।
गार्जियनका अनुसार ग्वाडालुपे नदीको सतह केवल ४५ मिनेटभित्रै २६ फिट (झण्डै ८ मिटर) माथि उठेको थियो । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम. सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जनालाई उद्धार गरिएको छ, जसमा अधिकांशलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएको हो ।
सुरक्षाकर्मीहरुले १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी जनशक्ति परिचालन गरी उद्धार कार्य गरिरहेका छन् । क्रिस्चियन समर क्याम्पमा रहेका २३ देखि २५ जना विद्यार्थी अझै बेपत्ता छन् ।
टेक्सासका गभर्नर ग्रेग एबटले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भन्दै पीडितहरूको उद्धार र राहतमा संघीय सरकार सक्रिय रहेको बताएका छन् ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया