काठमाडौं, असार २०–अख्तियार प्रमुख प्रेमकुमार राईसहित ३२ संवैधानिक पदाधिकारीलाई तत्काल काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ।
अधिवक्ता दिपक अधिकारी, यज्ञमणि न्यौपाने, टीकाप्रसाद ढकाल र भोजराज पाण्डेले प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र ३२ जना पदाधिकारीलाई विपक्षी बनाउँदै बिहीबार निवेदन दर्ता गरेका हुन्।
निवेदनमा संवैधानिक इजलासले बुधबार राति सुनाएको फैसलामा २०७७ मंसिर ३० को सिफारिस असंवैधानिक भनी तीन न्यायाधीशको बहुमत देखिएको भन्दै, सो सिफारिसका आधारमा नियुक्त व्यक्तिहरूलाई काम गर्न दिनु संविधान विपरीत हुने दाबी गरिएको छ।
निवेदकहरूले फैसला कार्यान्वयनका लागि सर्वोच्चका रजिस्ट्रारमार्फत तत्काल निर्देशन जारी गर्न माग गर्दै, ती पदाधिकारीलाई पदमा बस्न नदिइनु पर्ने उल्लेख गरेका छन्।
टोखा, साउन १८ – टोखा नगरपालिका वडा नम्बर ५ स्थित ४० वर्षदेखि अतिक्रमणमा रहेको करिब १० रोपनी सा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!