पोखरा, जेठ १०— आस्था, भक्ति र संस्कृतिको संगमस्थल गण्डकी कोटिहोम आज बिहान एक अद्वितीय दृश्यको साक्षी बन्यो। लाखौं श्रद्धालुहरूको अगाडि, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सनातन धर्मप्रवक्ता देवी प्रतिभालाई डोलिमा राखी पुष्पवृष्टिका साथ भव्य रूपमा यज्ञस्थलमा भित्र्याइएको छ।
शंखध्वनि, वैदिक मन्त्रोच्चार, भजन र हर्षका नाराबीच देवी प्रतिभाको आगमन कोटिहोमको इतिहासमै अविस्मरणीय क्षण बनेको छ। भक्तजनको आँखामा श्रद्धा, हृदयमा भक्ति र ओठमा ‘जय श्रीराम’का स्वर गुञ्जिरहेका थिए।
वैशाख ५ देखि १८ गतेसम्म श्रीमद्भागवत कथा वाचन गरी गण्डकी प्रदेशलाई आध्यात्मिक ऊर्जा प्रदान गरेपछि देवी प्रतिभा आज २५ सदस्यीय टोलीसहित पुनः कोटिहोम आइपुगेकी हुन्। उनका “प्यार से बोलो” भन्ने वाक्य यज्ञस्थलमा गुन्जिरहेका छन्, जुन लाखौं भक्तजनका लागि आज पनि प्रेरणादायी मन्त्र बनिरहेको छ।
उनको पुनरागमनले यज्ञस्थलमा आस्था र भक्ति झनै पराकाष्ठामा पुगेको छ। आयोजकका अनुसार देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिनेछिन्।
देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। वातावरण भक्ति, भावुकता र संस्कारले भरिएको थियो।
गण्डकी कोटिहोमको भूमिमा आज जसरी आध्यात्मिक जयजयकार, पुष्पवृष्टि र जनसागरले स्वागत गर्यो, त्यो दृश्य शब्दभन्दा परको अनुभूति बन्यो भन्छन् स्थानीयहरु ।
काठमाडौं, असार ९ — प्रदेश अस्पताल, सुर्खेतमा ३४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा २५ ला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!