काठमाडौं, असार ९ — सुर्खेतको विकट गाउँबाट राजधानी काठमाडौंसम्मको लामो पैदल यात्रा सकाएर आएका नवराज भेंडा (बोहोरा) अहिले देशव्यापी चर्चा र प्रेरणाको केन्द्र बनेका छन्। वातावरण संरक्षण, कर्णाली क्षेत्रको विकास, सुशासन र पारदर्शिताको सन्देश बोकेर उनले झण्डै एक महिनाको यात्रामा समाजलाई सोच्न बाध्य बनाएका छन्।
काठमाडौं आइपुगेपछि उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो अभियानको बारेमा जानकारी गराएका थिए। आज भने उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भलाकुसारी गरे।
भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको दृढता र सोचको खुलेर प्रशंसा गरे। “कर्णालीको समृद्धिको सपना तपाईंकै जस्ता युवाको संकल्पबाट सम्भव छ,” प्रचण्डले भनेको बोहोराले बताए।
समाजमा चेतना फैलाउने, गरिबको आवाज नीति निर्मातासम्म पुर्याउने र पारदर्शी शासन व्यवस्थाको माग गर्दै निरन्तर यात्रामा रहेर बोहोरा यतिबेला युवाहरूका लागि प्रेरणाको स्रोत बन्दै गएका छन्।
उनी भन्छन्, “मैले त केबल आफ्नो आवाज सडकमा लिएको हुँ, अब सिङ्गो समाज बोल्नुपर्छ।”
काठमाडौं, साउन ३ – राष्ट्रिय वाणिज्य बैंकलिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई सर्वसम्मत ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!