झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका पूर्ण सिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा

झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका पूर्ण सिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं।डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ स्थित सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा नायब सुब्बा (ना.सु.) पदमा कार्यरत पूर्ण सिंह विष्टविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

भ्रष्टाचार अनुसन्धानका क्रममा पूर्ण सिंह विष्टले भारतको उत्तर प्रदेश अन्तर्गतको जी.एन.के. इण्टरमीडियट कलेज, कानपुरबाट हाईस्कुल पास गरेको भनी झुट्टा प्रमाणपत्र पेश गरेको पत्ता लागेको हो। सोही नक्कली प्रमाणपत्रको आधारमा उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्त भई निरन्तर सेवा, ओहोदा र आर्थिक लाभ लिँदै आएका थिए।

निज विष्टले झुट्टा प्रमाणपत्र प्रयोग गरेर सरकारी सेवा लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कारबाही माग गर्दै विशेष अदालतमा बिहिवार  आरोपपत्र दर्ता गरेको हो।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनकपुर विकास परिषदमा ५१ लाख हिनामिना, ९ जनाविरुद्ध मुद्दा
8 महिना अगाडि

काठमाडौं, असार ६ –बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष् ...

छुटाउनुभयो कि ?

TOP