६ असार ,काठमाडौ ।टोखा नगरपालिका वडा नम्बर १ को आयोजना र ओभरअल डेभलपमेन्ट नेटवर्क प्रालीको सहकार्यमा पाँच दिने होमस्टे तालिम सम्पन्न भएको छ। " प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान समृद्ध मुलुक निर्माण होमस्टेको अभियान" भन्ने मुल नाराको साथमा होमस्टे( घरबास )सञ्चालन कार्यक्रम सुरु गरेको आयोजकले बताएकोछ।
असारको १ गतेबाट सुरुवात भएको कार्यक्रमको ६ गते शुक्रबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा समापन भएको हो। विशेष अतिथिमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सि, अतिथिहरूमा होमस्टे महासङ्घ नेपाल बागमती प्रदेश समिति सदस्य रामकुमार अधिकारी, गृहणी महिला सङ्घ नेपालकी अध्यक्ष अमृता शर्मा, सञ्चारकर्मी तथा गायिका विष्णुमाया पौडेल, होमस्टे अभियानका अध्यक्ष राजकुमार लामिछाने लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षकको रूपमा सेफ मनिषा श्रेष्ठ र सेफ नारायण बहादुर तामाङ रहेका थिए| टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष विजय तामाङ सभाध्यक्ष रहेको कार्यक्रममा मनिषा लामाले स्वागत मन्तव्य साथै सहभागी मिना याक्सो तामाङ र दिलिप कुमार तामाङले अनुभवीय मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाले अत्यन्तै कुशलता पुर्वक गरेका थिए|
टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको तामाङ बस्तीलाई लक्षित गरी सञ्चालन गरेको होमस्टे कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको सहभागीले जनाएका छन्। र आगामी थप होमस्टे कार्यक्रमलाई व्यवसायकरण गरेर अगाडि लानको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता टोखा नगरपालिकाले गरेको छ|
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया