सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याललाइ दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ ।सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवा गरिएको छ । सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नती गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिनुभएको हो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरुले सगरमाथा आरोहण गर्नसक्छु भन्ने भावना लिई साहसिक कार्यगर्दा सबैमा हौसला मिल्ने चर्चा गर्नुहुँँदै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताउनुभयो ।
उहाँले सगरमाथा लगायतका हिमालहरु आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस भन्ने विश्वास प्रकट गर्नुहुँदै आगामी बर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरुमा हिमाल आरोहण गर्ने अभियान नै शुरु गर्ने बताउनुभयो ।
यही जेठ ४ गते  बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP