एनआरएनएमा श्रेष्ठ समूहलाई परराष्ट्रको आधिकारिकता, बद्री केसी समूहलाई झट्का

एनआरएनएमा श्रेष्ठ समूहलाई परराष्ट्रको आधिकारिकता, बद्री केसी समूहलाई झट्का

 

काठमाडौं, वैशाख ८– परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिलाई आधिकारिक मान्दै सबै नेपाली दूतावासहरूलाई सर्कुलर पठाएको छ।

मन्त्रालयले बिहीबार जारी गरेको सर्कुलरमा श्रेष्ठ समूहको कार्यसमिति नै वैधानिक र मान्य रहेको स्पष्ट पारिएको छ। शाखा अधिकृत सृजना कोइरालाद्वारा हस्ताक्षरित पत्रमा, सर्वोच्चको आदेश अनुसार गठित उच्चस्तरीय समितिले सम्पन्न गराएको महाधिवेशनबाट श्रेष्ठ नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमिति बनेको जानकारी दिँदै सो कार्यसमितिसँग सहकार्य गर्न सबै दूतावासहरूलाई निर्देशन दिइएको छ।

यो निर्णयसँगै एनआरएनएको सचिवालयमा प्रभाव जमाउँदै आएको बद्री केसी समूहलाई ठूलो झट्का लागेको छ।

यसअघि वैशाख ३० गते श्रेष्ठ पक्षका प्रवक्ता गंगाधर गौतमले दूतावासहरूलाई सहकार्यको आग्रह गर्दै पत्राचार गरेका थिए। सोही अनुरोधअनुसार परराष्ट्रको आधिकारिक पत्राचार भएको अभियन्ता आर.के. शर्माले जानकारी दिएका छन्।

अध्यक्ष श्रेष्ठले परराष्ट्रको निर्णयको स्वागत गर्दै यसलाई एनआरएनए एकताको दिशामा महत्त्वपूर्ण पाइला भनेका छन्। परराष्ट्रको सर्कुलरसँगै श्रेष्ठ नेतृत्वको कार्यसमिति तथा विश्वभर रहेका गैरआवासीय नेपाली समुदायमा उत्साह छाएको छ।


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनकपुर विकास परिषदमा ५१ लाख हिनामिना, ९ जनाविरुद्ध मुद्दा
8 महिना अगाडि

काठमाडौं, असार ६ –बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष् ...

छुटाउनुभयो कि ?

TOP