सगरमाथा सम्वादको सन्देशसहित सगरमाथा आरोहण गर्ने छत्यालको भव्य स्वागत

सगरमाथा सम्वादको सन्देशसहित सगरमाथा आरोहण गर्ने छत्यालको भव्य स्वागत

काठमाडौं, जेठ ७ —विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याललाई आज काठमाडौंमा एक विशेष कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलमा आयोजित समारोहमा छत्याललाई स्वागत गर्दै उनको साहसिक कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो। साथै, उहाँले सफल आरोहणको लागि हार्दिक बधाई समेत दिनुभयो।

सगरमाथा शिखरमा 'सगरमाथा सम्वाद' को सन्देश र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउने अद्वितीय कार्यको मूल्याङ्कनस्वरूप छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ।

बैशाख १५ गते सगरमाथा अभियानमा प्रस्थान गरेका छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे शिखर चुमेर राष्ट्रको गौरव बढाएका थिए।

उक्त सफलताले सशस्त्र प्रहरी बल नेपाल मात्र होइन, सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको छ। सगरमाथा सम्वादको सन्देश बोकेर गरिएको यो ऐतिहासिक यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनकपुर विकास परिषदमा ५१ लाख हिनामिना, ९ जनाविरुद्ध मुद्दा
8 महिना अगाडि

काठमाडौं, असार ६ –बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष् ...

छुटाउनुभयो कि ?

TOP