११ एसएसपी डिआइजीमा बढुवा सिफारिस, एक साताभित्र निर्णय हुनेछ

११ एसएसपी डिआइजीमा बढुवा सिफारिस, एक साताभित्र निर्णय हुनेछ

काठमाडौं, जेठ ७ — नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा सिफारिसमा पर्नेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ छन्।

बढुवासम्बन्धी निर्णय एक साताभित्र मन्त्रिपरिषद्ले गर्ने गृह मन्त्रालयले जनाएको छ।

यही क्रममा आजै गृह मन्त्रालयले डिआइजी सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न पनि सिफारिस गरेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP