पर्साको भगुवाबाट ठूलो मात्रामा लागूऔषध ट्रमाडोल बरामद

पर्साको भगुवाबाट ठूलो मात्रामा लागूऔषध ट्रमाडोल बरामद

पर्सा, जेठ ६ – पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ भगुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध ट्रमाडोल हाइड्रोक्लोराइड बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा ८१ हजार ४ सय ९० वटा ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाइड्रोक्लोराइड लागूऔषध बरामद गरेको हो।

भारतबाट नेपाल प्रवेश गर्न खोजिरहेका दुई व्यक्तिले सिर्सिया नदीको बाटो प्रयोग गरी कार्टुनमा लुकाई ल्याइरहेका बेला गस्ती टोलीलाई देखेपछि लागूऔषध त्यहीं छाडी फरार भएका थिए।

बरामद लागूऔषधलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP