काठमाडौं, असार ३ – काठमाडौं महानगरपालिका वडा नं. ६ को सहयोगमा गृहिणी महिला संघ नेपालको आयोजनामा मंगलबारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ। वडा कार्यालयकै आफ्नै स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमा सुरु भएको सो तालिमको उद्घाटन वडा सदस्य गायत्री पुडासैनीले पानसमा बत्ति बालेर गर्नुभएको हो।
तालिममा प्रमुख प्रशिक्षक विष्णुमाया पौडेल र सहायक प्रशिक्षक शशी शर्माले सहभागीलाई उद्घोषणका विविध पक्षमा प्रशिक्षण दिन थाल्नुभएको छ। तालिममा २५ जना सहभागी रहेका छन्। कार्यक्रममा गृहिणी महिला संघकी केन्द्रीय अध्यक्ष अमृता शर्माले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि पुडासैनी, प्रमुख प्रशिक्षक पौडेल र अध्यक्ष शर्मा सबैले मन्तव्य राख्नुभएको थियो।
उक्त तालिम असार ९ गते समापन गरिने आयोजकले जनाएको छ। मंगलबारको उद्घाटन सत्रको सञ्चालन गृहिणी महिला संघकी उप–सचिव झल्का तिमिल्सिनाले गर्नुभएको थियो।
तालिमले सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला सिकाई आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
भक्तपुर, असार ३२–चाँगुनारायण नगरपालिका क्षेत्रको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!