गृहिणी महिला संघ नेपालद्वारा आयोजित प्रस्ताबना तालिम सफलतापूर्वक सम्पन्न

गृहिणी महिला संघ नेपालद्वारा आयोजित प्रस्ताबना तालिम सफलतापूर्वक सम्पन्न

काठमाडौं ,जेठ ६- काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सहयोगमा गृहिणी महिला संघ नेपालद्वारा आयोजित "प्रस्ताबना तालिम" मंगलबार चाबहिलस्थित पशुपति क्याम्पसमा सफलतापूर्वक सम्पन्न भएको छ।

वडा नम्बर ७ अन्तर्गतका गृहिणी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडा नम्बर ७ का कार्यकारी वडा  अध्यक्ष रुपा थापा क्षेत्री सहित गृहिणी महिला संघका अन्य दुईजना व्यक्तिहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको सभाध्यक्ष गृहिणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्मा रहनु भएको थियो। मुख्य प्रशिक्षक सुशील शर्मासहायक प्रशिक्षक शशी शर्माले प्रस्ताबना सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संघकी उपाध्यक्ष सीता तिमिल्सिनाले गर्नुभएको थियो।

सञ्चारकर्मी तथा गायिका विष्णु माया पौडेलले मन्तव्य राख्दै प्रेरणादायी गीत प्रस्तुत गरी कार्यक्रमलाई झनै सजीव र रमाइलो बनाउनु भयो।

तालिममा सहभागी महिलाहरूले यसले आत्मविश्वास बढाएको, सार्वजनिक रूपमा आफ्ना विचार प्रस्टसँग व्यक्त गर्न सक्ने क्षमता विकास भएको अनुभव व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने मागसमेत गरेका छन्।

गृहिणी महिला संघ नेपालले आगामी दिनमा यस्ता तालिमहरू अन्य वडामा पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP