चितवन, जेठ ६ — नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर वेपत्ता भएका एक युवकको खोजीकार्य तीव्र पारिएको छ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ का २७ वर्षीय सचिन कार्की आइतवार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकै नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर वेपत्ता भएका हुन्।
घटनापछि खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीले संयुक्त प्रयासमा खोजीकार्यलाई गति दिइरहेका छन् भने घटनास्थलमा सर्वसाधारणको भिड समेत लागेको छ।
संबन्धित निकायले सावधानी अपनाउन नदी किनार नजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया