गृहिणी महिला संघ नेपालद्वारा मिठु थापा सम्मानित

गृहिणी महिला संघ नेपालद्वारा मिठु थापा सम्मानित

काठमाडौं, बैशाख ३१गृहिणी महिला संघ नेपालले बुधबार काठमाडौंको माया होटेलमा आयोजना गरेको “दाता सम्मान” कार्यक्रमका अवसरमा अमेरिकामा बसोबास गर्दै आउनु भएकी मिठु नानी थापा क्षेत्रीलाई विशेष सम्मान प्रदान गरेको छ।

मिठु थापाले संघलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।आर्थिक सहयोगको  कदर गर्दै उनलाई सम्मानित गरिएको हो। थापाले सम्मान ग्रहण गर्दै आफ्नो भावनात्मक अभिव्यक्ति साझा गरिन्, “म अमेरिका बस्छु, तर मेरो मन नेपाली माटोमै छ। गृहिणी महिलाहरूको आत्मबल बढोस् भन्ने मेरो चाहना हो।”

कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद प्रतिमा गौतमले थापाको योगदानको खुलेर प्रशंसा गर्दै भनिन्, “देशबाहिर रहेर पनि समाजप्रतिको समर्पण प्रेरणादायी छ। प्रवासी नेपालीहरूको योगदान महिला सशक्तीकरणका लागि अतुलनीय छ।”

कार्यक्रममा डा. रामकृष्ण तिमिल्सिनाडा. कस्तुरी मल्ल जस्ता विशिष्ट अतिथिहरू पनि उपस्थित थिए। उनिहरुले महिला स्वास्थ्य र सशक्तीकरणका लागि यस्ता सहयोगहरू महत्वपूर्ण रहेको धारणा राखे।

संघकी उपाध्यक्ष सीता तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने  संघकी अध्यक्ष अमृता शर्माले दाताहरूलाई अभियानका मेरुदण्डको रूपमा सम्बोधन गर्दै धन्यवाद व्यक्त गरेकि थिइन् ।

सांगीतिक प्रस्तुतिका रूपमा गायिका विष्णुमाया पौडेलराधिका हमालले  गीत प्रस्तुत गरिन्, जसले कार्यक्रमलाई सांस्कृतिक रंग थप्यो।

कार्यक्रममा महिला अभियन्ता, सामाजिक अगुवा, कलाकार र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले प्रवासी सहयोग र महिला सशक्तीकरणको बीचको सजीव सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP