काठमाडौं, जेठ २६-नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा करोडौं रुपैयाँको हिनामिना र भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत तथा हालका प्रबन्ध निर्देशक संगिता पहाडी, चिनियाँ कम्पनी AsiaInfo Yunghang Software (Beijing) Limited लगायत १८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
उक्त आरोपपत्रमा उल्लेख भएअनुसार मिति २०६८ साल पुस ६ गते (21st December 2011) नेपाल टेलिकम र चिनियाँ कम्पनी AsiaInfo Linkage Technologies (China) Inc. बीच ठेक्का नम्बर NDCL/30/066-67 अन्तर्गत Convergent Real-Time Billing & Customer Support (CRTB&CS) प्रणाली खरिद गर्ने सम्झौता भएको थियो।
सम्झौतामा नेपाल टेलिकमले GSM मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वायरलाइन/वायरलेस ब्रॉडब्यान्ड सेवाहरुको बिलिङ एकीकृत रूपमा एउटै प्लेटफर्ममा रियल-टाइम बिलिङ प्रणालीमार्फत संचालन गर्ने व्यवस्था गरिएको थियो।
सम्झौताको धारा 1.8.5 अनुसार, ‘Warranty Completion Certificate (WCC)’ प्राप्त भएपश्चात 6 वर्षसम्मको Annual Maintenance Contract (AMC) लिन सकिने र सो AMC सेवा लिँदा वार्षिक ५% का दरले घट्दो भुक्तानी गर्ने स्पष्ट प्रावधान उल्लेख थियो।
तर, सो प्रावधानको उल्लंघन गर्दै आरोपित व्यक्तिहरूले बदनियतपूर्वक चिनियाँ कम्पनीसँग अस्वाभाविक मूल्यमा AMC सेवा खरिद गर्ने सम्झौता गराएको पाइयो। उक्त सम्झौताअनुसार USD 20,563,000.00 (झण्डै २८ करोड नेपाली रुपैयाँ) को लागतमा AMC सेवा खरिद गरिएको थियो।
विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख भएअनुसार, आरोपितहरूको मिलेमतोबाट सार्वजनिक संस्थाको सम्पत्तिमा हानि नोक्सानी पुर्याइएको छ। अख्तियारले यससम्बन्धी विस्तृत तथ्यांक तालिका नं. १, २ र ३ मा उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको माग गरेको छ।
यस प्रकरणले नेपाल टेलिकमजस्तो रणनीतिक संस्थामा भएका उच्चस्तरीय मिलेमतो र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ। अब विशेष अदालतबाट हुने सुनुवाइपछि सम्बन्धित दोषी पुष्टि भएमा सार्वजनिक सम्पत्तिमा अनियमितता गर्ने प्रवृत्तिमा अंकुश लाग्ने अपेक्षा गरिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया