काठमाडौ ।खोटाङ ,दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ स्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला शिक्षा कार्यालय, खोटाङबाट प्राप्त अनुदान र जनसहभागिताबाट करीब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चारकोठे RCC भवन निर्माण गुणस्तरहीन भएको, ढलान चर्किएको, पठनपाठन गर्न अयोग्य रहेको, र नापी तथा मूल्याङ्कन प्रतिवेदन समेत गलत तयार पारिएको ठहर गरिएको छ।
निर्माण सम्पन्न नभएको र गुणस्तरहीन भएको अवस्थामा पनि कार्य सम्पन्न झुटा कागजात तयार गरी रु. २५ लाख ५० हजार बराबरको रकम निकासा गरिएको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, इन्जिनियर वृध्दन यादव, सबइन्जिनियर शिवराज राई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु टिकाराम राई र हरिनारायण राई तथा निर्माण व्यवसायी जयप्रसाद राईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको हो।
अख्तियारले सबै प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरेको छ।
काठमाडौं, असार २३ – संघीय निजामती सेवा विधेयकमा भएको विवादास्पद संशोधन सम्बन्धी विषयमा छानबिन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!