कोटीहोममा खुला भजन प्रतियोगिता आरम्भ, विजेतालाई आकर्षक पुरस्कार

पोखरा, वैशाख २१ – पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञअन्तर्गत शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता औपचारिक रूपमा आरम्भ भएको छ।

प्रतियोगितामा देशभरबाट २९५ वटा समुह सहभागी छन्। प्रथम हुनेलाई नगद रू. ३,५५,५५५, दोस्रोलाई रू. २,५५,५५५, तेस्रोलाई रू. १,५५,५५५, तथा दुई सान्त्वना विजेतालाई जनही रू. ६५,५५५ पुरस्कार प्रदान गरिनेछ। यस्तै, ११ विधामा छुट्टाछुट्टै रूपमा उत्कृष्ट हुनेलाई रू. २५,५२५ का दरले पुरस्कृत गरिनेछ।
देशै भरीबाट उत्साह जनक रुपमा भजन प्रतियोगितामा समुहहरुको उपस्थिति रहेको थियोे ।प्रतिस्पर्धात्मक कार्यक्रमको निर्णायक सम्योजक मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकि बर्तमान केन्द्रिय अध्यक्ष रिता थापा मगर ,प्रतिष्ठानकै पुर्व अध्यक्ष तथा वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने ,प्रतिष्ठान कै नि बर्तमान अध्यक्ष ,सर्जक तथा गायक रमेश बि जि,वरिष्ठ सङितकार तथा गीतकार सुरेश अधिकारी त्यस्तै गीतकार तथा सङितकार नवराज बराल ,राष्ट्रिय भजन चुड्का संरक्षण  प्रतिष्ठानको कोषाध्यक्ष सरला पाण्डे रहेका थिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रम कुशल उद्घघोषक तथा गायिका  विष्णुमाया पौडेलले आत्मीयता र कुशलतापूर्वक सञ्चालन गरेकी थिइन।  राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानका सस्थापक अध्यक्ष तथा राष्ट्रिय भजन प्रतियोगिताका सम्योजक प्राज्ञ प्रजापति पराजुलीका अनुसार प्रतियोगिताले भजनमार्फत लोकसंस्कृति, भक्ति भावना र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।प्रतियोगिताको पहिलो दिन ९ वटा समुहहरुले प्रतिस्पर्धात्मक भजन प्रस्तुत गरेको भब्य रुपमा कार्यक्रम सुरुवात भएको भजन प्रतियोगिताको निर्देशक बरिस्ठ गायिका राधिका हमालले बनाइन।

शनिबार कोटीहोममा १५ हजारभन्दा बढी भक्तजन सहभागी भएका थिए। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो।

त्यसैदिन १०० कुण्डमा हवन, कथा वाचन, लोकदोहोरी गायक राजन कार्कीको प्रस्तुति, तथा कलश यात्रामा सहभागी आमा समूहहरूको सम्मान जस्ता कार्यक्रमहरू सम्पन्न भए।

कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार मात्र पोखराका शेरबहादुर गुरुङबाट रू. १,०१,००५ र म्याग्दीका रामचन्द्र जिसीबाट रू. ५१,१११ को दान प्राप्त भएको छ।

महायज्ञ २०८२ साल जेठ २६ गतेसम्म निरन्तर सञ्चालन हुने कार्यक्रम संयोजकले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP