पोखरा, वैशाख १७ – सनातन परम्पराका उच्च आध्यात्मिक गुरू तथा अनन्त श्री विभूषित श्रोत्रिय ब्रह्मनिष्ठ श्रीमत्परमहंस परिव्राजकाचार्य श्री श्री १००८ निरञ्जन पीठाधीश्वर, आचार्य महामण्डलेश्वर परम पूज्य स्वामी कैलाशानन्द गिरीजी महाराजले पोखरास्थित ऐतिहासिक श्रीगण्डकी सय कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञमा पाल्नुभई यज्ञस्थल अवलोकन गर्नुका साथै आध्यात्मिक मन्तव्य राख्नुभएको छ।
स्वामी गिरीजीको उपस्थितिले यज्ञको गरिमा थप उच्च बनेको महायज्ञ आयोजक समितिको भनाइ छ। यज्ञस्थलमा पुगेर उहाले कुण्ड निर्माण, पूजन विधि, वेदपाठ, यज्ञको अनुशासन र व्यवस्थापनलाई शास्त्रसम्मत, विधिवत् र अनुकरणीय रहेको बताउँदै सन्तोष व्यक्त गर्नुभयो।
उहाले भन्नुभयो, “गण्डकी कोटिहोम जस्तो विराट ज्ञानयज्ञले नेपालको सनातन धर्म–संस्कृति र वैदिक परम्परालाई विश्वस्तरमा उजागर गर्ने सामर्थ्य राख्दछ। यस्ता कर्महरूले समाजमा सद्भाव, अध्यात्म र नैतिक पुनर्जागरण ल्याउँछ।”
उहाँले आध्यात्मिक चिन्तन, वैदिक शिक्षाको महत्व र वर्तमान युगमा धार्मिक अनुशासनको आवश्यकताका विषयमा सशक्त विचार प्रस्तुत गर्नुभएको थियो। स्वामी गिरीजीको मन्तव्यले उपस्थित हजारौं श्रद्धालुहरू भावविभोर बनेका थिए। उहाँका प्रत्येक विचारप्रति श्रद्धालु भक्तजनहरूले कृतज्ञता प्रकट गर्दै तालीसहित सम्मान व्यक्त गरेका थिए।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजका अनुसार यज्ञको उद्देश्य नेपाललाई वैदिक पुनर्जागरणको केन्द्र बनाउने हो। उहाँले भन्नुभयो, “गण्डकी कोटिहोम कुनै एक क्षेत्रको मात्रै अभियान होइन, यो सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई एकत्रित गर्दै ज्ञान, भक्ति र कर्मको त्रिवेणीमा जोड्ने पवित्र प्रयास हो।”
यज्ञमा भारत, नेपाललगायत विभिन्न देश तथा प्रदेशबाट सन्त, महन्त, धर्मगुरु, विद्वान् र हजारौं भक्तजनहरूको सहभागिता रहेको छ। महायज्ञ बैशाख १७ गते अक्षय तृतीय दिन आजदेखी जेठ २६ सम्म सन्चालन हुनेछ।अन्तर्राष्ट्रिय कथा बाचिका देबि प्रतिभाले गण्डकी कोटिहोम सड्ढल्पकर्ता बिजय कृष्ण मुर्ती महाराजको खुलेर प्रसम्सा गर्नु भयो।हजारौं भक्तहरुको सहभागीता रहेको थियो।सयौंले दान समेत गरिसकेको आयोजकले बताएकोछ।
टोखा, जेठ १६ – गणतन्त्र दिवसको अवसर पारेर टोखा नगरपालिकाले ऐतिहासिक सांस्कृतिक दस्तावेजका रूपम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!