नारायणी नदीको टापुमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

चितवन, जेठ १६-चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाटमा नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ।

स्थानीय रूपमा गिट्टी–बालुवा संकलनका लागि बनाइएको अस्थायी बाँध फुटेपछि ती मजदुरहरू नदीको टापुमा फसेका थिए। बाँध फुट्ने बित्तिकै पानीको बहाव तीव्र भएपछि उनीहरू नदीको बीचमा रहेको टापुमा अलपत्र परेका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थल पुगेको थियो। उद्धार टोलीले डुङ्गाको प्रयोग गरी ती २२ जनालाई सकुशल उद्दार गरेको हो।

प्रहरीका अनुसार, गिट्टी–बालुवा संकलनका लागि प्रयोगमा ल्याइएको एउटा टिपर भने बाँध फुटेपछि नदीमा डुबेको छ। घटनामा मानवीय क्षति भने नभएको र सबै मजदुरहरू सुरक्षित रहेको पुष्टि गरिएको छ।

स्थानीय प्रशासनले जोखिमपूर्ण कार्यमा आवश्यक सतर्कता अपनाउन सुझाव दिँदै उद्धारमा खटिएका सम्पूर्ण सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP