टोखा नगरगान सार्वजनिक: गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक इतिहास रचियो

टोखा, जेठ १६ – गणतन्त्र दिवसको अवसर पारेर टोखा नगरपालिकाले ऐतिहासिक सांस्कृतिक दस्तावेजका रूपमा “टोखा नगरगान” सार्वजनिक गरेको छ। नगरगान सार्वजनिक समारोह नगरपालिकाको आयोजनामा भव्य रूपमा सम्पन्न भयो।

नगरगानको शब्द प्रख्यात स्रष्टा रेणु अधिकारी (मौनता) द्वारा रचना गरिएको हो भने संगीत संयोजन नेपाली संगीतका ख्यातिप्राप्त संगीतकार शम्भुजित बाँस्कोटाले गरेका हुन्। गीतमा टोखाको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा, परम्परागत नाचगान, लोकजीवन र ऐतिहासिक पहिचानलाई उजागर गर्ने शब्दहरू समेटिएका छन्। घर–गाउँ, बन–जंगल, खोला–नाला, जात्रा–संस्कारदेखि कला–संस्कृतिसम्मको जीवन्त चित्रण गरिएको गीतले टोखाको सांस्कृतिक आत्मालाई एकतामा बाँध्ने विश्वास व्यक्त गरिएको छ।

समारोहमा नगरप्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी, शिक्षा शाखा प्रमुख, वडा अध्यक्षहरू, नगरकार्यपालिकाका सदस्यहरू, समाजसेवी, शिक्षक, बुद्धिजीवी, कलाकारलगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखा नगरगानलाई अबदेखि नगरपालिकाका सबै औपचारिक सार्वजनिक कार्यक्रमहरूमा राष्ट्रिय गानपछि अनिवार्य रूपमा गाउने निर्णय गरिएको घोषणा गरे।

कार्यक्रममा सहभागी सबैले नगरगान सार्वजनिक हुनु टोखा नगरको सांस्कृतिक इतिहासमै एउटा महत्वपूर्ण मोड भएको बताएका थिए। नगरगानले स्थानीय तहका मौलिक पहिचान उजागर गर्ने दिशामा उदाहरणीय कार्य भएको उनीहरूको भनाइ थियो।

टोखा नगरगानको सार्वजनिक समारोहले टोखा नगरलाई मात्र नभई अन्य स्थानीय तहहरूलाई समेत आफ्ना सांस्कृतिक मूल्य र पहिचान संरक्षण गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP