जनताको स्वाभिमानको विजय हो गणतन्त्र: प्रधानमन्त्री ओली

काठमाडौँ, जेठ १५ –गणतन्त्र दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै यस दिनलाई जनताको स्वाभिमानको ऐतिहासिक विजयको रूपमा स्मरण गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिँदै भनेका छन्, “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन हो यो। सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको ऐतिहासिक क्षण हो।”

उहाँले सात दशक लामो संघर्ष, आन्दोलन र बलिदानको जगमा उभिएको गणतन्त्रले आज देशलाई जनमुखी शासन प्रणालीतर्फ अघि बढाएको उल्लेख गर्नुभएको छ। “जनताको आँसु, रगत र बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्नु हाम्रो साझा कर्तव्य हो,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

गणतन्त्र दिवसको गरिमामय अवसरमा उहाँले सबै नेपालीलाई राष्ट्रिय एकता, सामाजिक समानता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा अग्रसर रहन आह्वान समेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP