काठमाडौं, जेठ १४ — विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले हाल राजसंस्थाको नाममा अगाडि सारिएका केही व्यक्तिहरूलाई लक्षित गर्दै “राजा बन्न योग्य, गरिमायुक्त वा जनस्वीकृत पात्र नरहेको” कडा टिप्पणी सार्वजनिक गरेकाछन।
महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले रेड मिडियासँग विशेष कुराकानी गर्दै भने,
“हिन्दु राष्ट्रमा राजा निषेधित होइन। तर राजा बन्ने व्यक्ति स्वच्छ, निष्पक्ष, लोकप्रिय र राष्ट्रप्रेमी हुनैपर्छ। अहिले चर्चामा रहेका अनुहारहरूमा यस्ता कुनै गुण भेटिँदैन।”
उनले आरोप लगाए कि राजसंस्थालाई सत्ता, पद र वंशगत अधिकारको खेलौना बनाउने प्रयासहरूले राष्ट्र र धर्म दुवैप्रति गम्भीर अपमान गरिरहेका छन्।
“राजसंस्था शक्ति होइन, सेवा हो,” अध्यक्ष अधिकारीको स्पष्ट चेतावनी थियो।
महासंघले वंश, सम्पत्ति वा प्रचारको भरमा राजा बन्न सकिने सोचलाई खारेज गर्दै राष्ट्रप्रति समर्पण, निष्ठा र नेतृत्व क्षमता नभइकन कसैलाई राजसंस्थामा उभ्याउन खोज्नु आपत्तिजनक भएको जनाएको छ।
“राजसंस्था पुनःस्थापित हुने हो भने त्यो व्यक्ति शुद्ध छवि, राष्ट्रहितमा अडिग अडान राख्ने र समाजका सबै वर्गले सम्मान गर्नसक्ने हुनु अनिवार्य छ,” उनले जोड दिए।
विश्व हिन्दु महासंघको यस कडा चेतावनीले राजसंस्था र हिन्दु राष्ट्रको बहसमा पात्रको योग्यता, नैतिक मापदण्ड र नेतृत्व चरित्रको बहसलाई एकपटक फेरि केन्द्रमा ल्याएको छ।
काठमाडौं, असार १२— अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!