नयाँ नेपाली गीत ‘टाँकी फुलेको’ सार्वजनिक, चिन्तामणि शिवाकोटीको युट्युब च्यानलमार्फत रिलिज

नयाँ नेपाली गीत ‘टाँकी फुलेको’ सार्वजनिक, चिन्तामणि शिवाकोटीको युट्युब च्यानलमार्फत रिलिज

 

काठमाडौं, जेठ ९–नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जना थपिँदै गएको बेला  गित ‘टाँकी फुलेको’ शुक्रबार सार्वजनिक गरिएको छ। गीत चिन्तामणि शिवाकोटीको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने संगीत संयोजन बिषम आचार्यले गरेका छन्। गीतको शब्द लेखक चिन्तामणि शिवाकोटीले तयार पारेका हुन्।

भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल, र सुरज लुइटेलले अभिनय गरेका छन्। गीतको छायांकन ग्रामीण परिवेशमा गरिएको छ र प्रेम र भावना प्रधान दृश्यहरू समेटिएको छ।

गीत सार्वजनिक भएसँगै युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेकोछ। समीक्षकहरूले संगीत, शब्द र अभिनयको संयोजनलाई सन्तुलित र स्तरीय भनेका छन्।

गीतको निर्माण टिमका अनुसार “टाँकी फुलेको” नेपाली मौलिकता झल्काउने उद्देश्यले बनाइएको हो। 
यो गीत अहिले Chinta Mani Siwakoti Official नामक युट्युब च्यानलमा हेर्न सकिन्छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टोखा नगरपालिकाको १ अर्ब ८० करोडको बजेट पारित
8 महिना अगाडि

टोखा, असार ८-टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८० करोड रुपैयाँको बजेट पारित गरेको ...

छुटाउनुभयो कि ?

TOP