डीआईजी बढुवामा वरियता नछलेको उदाहरणीय निर्णय : दीपक थापाको नेतृत्वमा निष्पक्षता सुनिश्चित

डीआईजी बढुवामा वरियता नछलेको उदाहरणीय निर्णय : दीपक थापाको नेतृत्वमा निष्पक्षता सुनिश्चित

काठमाडौँ ।प्रहरी संगठनभित्र बहुप्रतीक्षित डीआईजी बढुवामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले देखाएको निष्पक्षता र पारदर्शी नेतृत्वले संस्थाभित्र नयाँ आशा र विश्वास थपिदिएको छ। वरियताको उल्लंघन हुन सक्ने चिन्ता व्याप्त रहेका बेला थापाले अपनाएको निर्णय प्रक्रिया उदाहरणीय बन्दै गएको हो।

हालै सम्पन्न डीआईजी बढुवामा लामो समयदेखि सेवामा रहेर योग्य ठहरिएका १५ जना एसएसपीलाई प्रतिस्पर्धामा ल्याइएपछि वरिष्ठता र कार्यसम्पादन दुवैको सम्मान गरिएको छ। यसले संगठनभित्र समावेशीता र निष्पक्षताको सन्देश दिएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ।

थापाको नेतृत्वमा वरियता मिच्ने प्रवृत्तिमा रोक लगाइएको छ। बढुवाको सूचीमा परेका विश्व अधिकारी, सानुराम भट्टराई, भूपेन्द्र खत्री, ओमप्रसाद अधिकारी, शेखर खनाल, सोमेन्द्रसिंह राठौर, रमेश बस्नेत, वसन्त रजौरेलगायत अधिकृतहरू योग्यताको आधारमा अगाडि बढाइएका छन्।

यसअघि देखिएको ‘लाइन मिच्ने’ प्रवृत्तिलाई निरुत्साहित गर्दै आईजीपी थापाले प्रहरी संगठनको स्वच्छ छविलाई बलियो बनाउने दिशामा कदम चालेका छन्।

"११४ टोली ल्याएर ब्याच मिच्ने काम हुँदैन," भन्दै थापाले स्पष्ट सन्देश दिएका छन्। उनी नेतृत्वमा आएयता सेवा अवधि, कार्यसम्पादन र अनुशासनका आधारमा बढुवाको प्रक्रिया अघि बढाइएको देखिन्छ।

थापाको यो कदमले प्रहरी संगठनभित्र सुशासन र नेतृत्व विकासको नयाँ युगको संकेत गरेको प्रहरी वृत्तमा व्यापक चर्चा भएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP