श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि यज्ञ कुण्ड उत्तम साइतमा खनियो

श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि यज्ञ कुण्ड उत्तम साइतमा खनियो

 

३बैशाख ,काठमाडौ ।पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।

पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ । 
त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ 

 

नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ । 
त्यस्तै यज्ञ पनि खनिएको छ । आज ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड अनिएको हो । 
आज भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
10 महिना अगाडि

काठमाडौँ,बैशाख १-सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कु ...

छुटाउनुभयो कि ?

TOP