काठमाडौं, २ वैशाख –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ (बुटवल) का तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहितका विरुद्ध विशेष अदालतबाट सफाई र आंशिक सफाई प्राप्त भएका दुई वटा भ्रष्टाचार मुद्दामा मिति २०८२ वैशाख २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
पहिलो मुद्दामा आर्थिक वर्ष २०७५/०७६ को कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत सन्धिखर्क, अर्घाखाँचीमा सम्झौता विपरीत मिनिटिलर खरिद गरी वितरण गरिएको ठहर गर्दै अख्तियारले रु. ४३,३७,५०० को बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। विशेष अदालतले मिति २०८० चैत १९ मा प्रतिवादीलाई सफाई दिएको थियो।
दोस्रो मुद्दामा सोही कार्यक्रमअन्तर्गत रोल्पा, प्यूठान, गुल्मी, पाल्पा लगायत जिल्लामा गुणस्तरहीन र ब्राण्ड विपरीतको मेशिन आपूर्ति भई रु. १,३१,६०,००० को सरकारी क्षति पुगेको भन्दै आरोपपत्र दायर गरिएको थियो। विशेष अदालतले मिति २०८१ वैशाख ३१ मा आंशिक सफाई दिएको थियो।
दुबै फैसलाबाट असन्तुष्ट अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ञ) अनुसारको मुद्दा निरन्तरता दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
काठमाडौं, जेठ १ – महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!