१० वर्षीया बालविदूषी अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

पोखरा, २९ चैत्र  —विश्वकै कान्छी भागवत कथा वाचिका अनुराधा पाण्डेयले आजदेखि ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत कथा प्रवचन सुरु गर्दैछिन्। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा आयोजना भइरहेको महायज्ञमा उनले २०८२ वैशाख ५ गतेसम्म कथा वाचन गर्नेछिन्।

शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने कथा प्रवचनमार्फत १० वर्षीया अनुराधाले आफ्नो अद्भुत ज्ञान र प्रवचनकला प्रस्तुत गर्दै धर्मप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ। उनको भागवतप्रतिको समर्पण, वाणीको माधुर्य र आध्यात्मिक समझदारीले सारा भक्तजनलाई मन्त्रमुग्ध बनाउने आयोजकले विश्वास लिएका छन्।

कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरू वैशाख १७ गतेदेखि विधिवत रूपमा सुरु हुने भए पनि त्यसअघि नै प्रचार-प्रसार, धार्मिक प्रवचन, संस्कृतिक कार्यक्रम जस्ता विविध कार्यक्रमहरू अन्तर्गत बालवाचिका अनुराधा पाण्डेयको कथा प्रवचन प्रारम्भ गरिएको आयोजक समिति जनाएको छ।

यो महायज्ञमा नेपाल र भारतका ख्यातिप्राप्त धर्मगुरुहरू समेत सहभागी भई कथा वाचन, आशिर्वचन र आध्यात्मिक निर्देशन प्रदान गर्नेछन्। धार्मिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस विराट महायज्ञमा श्रीमद्भागवत कथा, गायत्री यज्ञ, विशेष पूजा, धार्मिक झाँकी, आरती, र प्रसाद वितरण समेत गरिनेछ।

अहिले महायज्ञस्थलमा तयारीको अन्तिम चरण चलिरहेको छ। स्थानीय बासिन्दादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भक्तजनसमेतको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस ऐतिहासिक कोटिहोम महायज्ञले गण्डकी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगाउने विश्वास गरिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP