बझाङ्गको सिंचाई योजना प्रकरण: अख्तियारले आरोपपत्र दायर

बझाङ्गको सिंचाई योजना प्रकरण: अख्तियारले आरोपपत्र दायर

काठमाडौं,  चैत १३ – बझाङ्ग जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको अनुसन्धान अनुसार, आ.ब. २०७६/०७७ मा नै सम्पन्न भएको सिंचाई योजनालाई पुनः बजेट विनियोजन गरी आ.ब. २०७७/०७८ मा झूटा कागजातहरू तयार पारेर रु. १४ लाख ८ हजार ८१७ भुक्तानी लिइएको पाइएपछि आरोपपत्र दायर गरिएको हो।

उक्त प्रकरणमा तत्कालीन गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाल, तथा उपभोक्ता समितिका पदाधिकारीहरू संलग्न रहेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानुनी कारबाहीको माग गरेको छ।

अब यो मुद्दाको सुनुवाइ विशेष अदालतमा हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सडकमा चले भक्तिभाव, ट्याक्सी बने धर्मका दूत — कोटीहोम महायज्ञको सन्देशले पोखरा भावविभोर"
10 महिना अगाडि

कास्की १२ बैशाख -पोखराको सहर आज अलिक फरक देखियो।सडकमा चल्ने ट्याक्सीहरू आज ,यात्रु होइन, धर्म बोकेर ...

छुटाउनुभयो कि ?

TOP