पोखरामा भोलि बृहत् मोटरसाइकल र्‍याली

पोखरामा भोलि बृहत् मोटरसाइकल र्‍याली

पोखरा, बैशाख १२ – श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचारप्रसार र धार्मिक–सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले पोखरामा भोलि शनिबार बृहत् मोटरसाइकल र्‍याली आयोजना हुँदैछ।

मानवसेवा फाउण्डेशनको आयोजनामा हुने र्‍याली बिहान ७ बजे बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई शहरका विभिन्न भाग परिक्रमा गरेर पुनः बिरौटामै समापन हुनेछ।

यसअघि बैशाख ११ गते साइकल र १२ गते ट्याक्सी र्‍याली सम्पन्न भइसकेका छन्। महायज्ञ बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP