वीरगंजमा सशस्त्र प्रहरीद्वारा भिटामिनसहित एक जना पक्राउ

पर्सा, वीरगंज — वीरगंज महानगरपालिका–२४ स्थित रामगढवाबाट सशस्त्र प्रहरीले भिटामिनका क्याप्सुलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। चैत १२ गते गरिएको विशेष कार्यवाहीमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गुल्म पकाहामैनपुरबाट खटिएको टोलीले ९ लाख ६० हजार रुपैयाँ बराबरको भिटामिनसहित अमृत साह कानु नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भिटामिन Lycopene With Multivitamin and Multiminerals Capsule NUTRI–CURE ब्रान्डको हो। पक्राउ गरिएको क्याप्सुलको संख्या ४ हजार ८ सय रहेको जनाइएको छ।

साथै, प्रहरी टोलीले सो कार्यवाहीका क्रममा प्रयोगमा आएका दुई थान मोटरसाइकल र एक थान अटो गाडी समेत बरामद गरेको छ। ती सवारीसाधनहरूको भन्सार दाखिला मूल्य करिब ६ लाख रुपैयाँ बराबरको रहेको छ।

३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएका भिटामिन र सवारीसाधनसहित वीरगंज भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

  • * * * <a href="https://iso-roll.ru/index.php?frn3qu">Claim Free iPhone 16</a> * * * hs=3351b7a4d4de70b8155a704d0df130d4* ххх* pazapz@mailbox.in.ua s1ecvs
  • * * * Claim Free iPhone 16: https://iso-roll.ru/index.php?frn3qu * * * hs=3351b7a4d4de70b8155a704d0df130d4* ххх* pazapz@mailbox.in.ua s1ecvs
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP