पोखरा १२ बैशाख -गण्डकी कोटिहोममा जारी देवी प्रतिभाद्वारा सञ्चालित श्रीमद्भागवत कथा वाचन आज आठौं दिनमा प्रवेश गरेको छ। दिनानुदिन बढ्दो श्रद्धालुहरूको सहभागिता र भक्तिभावले कोटिहोमको वातावरण अझ आध्यात्मिक, शान्त र ऊर्जा सम्पन्न बन्दै गएकोछ।
आठौं दिनको कथा वाचनमा जीवनमा धर्मको महत्व, देवी शक्ति र भक्तिको अर्थ, साथै कर्म र सत्यको मार्गमा अडिग रहने सन्देशलाई देवी प्रतिभाले सरल र हृदयस्पर्शी भाषामा प्रस्तुत गर्नुहुनेछ। उहाँको कथा वाचनले उपस्थित श्रद्धालुहरूको मनमा आध्यात्मिक उर्जा, शान्ति र भक्ति जागृत गराइरहेकोछ।
कार्यक्रममा स्थानीय साधु–सन्तहरू, धार्मिक व्यक्तित्व, र विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेकोछ। कथा वाचनअघि र पछि सम्पन्न आरती, भजन–कीर्तन र प्रसाद वितरण कार्यक्रमले सम्पूर्ण दिनलाई भक्तिमय बनाइरहेकोछ।
कोटिहोम व्यवस्थापन समितिका अनुसार, देबि प्रतिभाको कथा वाचन कार्यक्रम वैशाख १९ गतेसम्म सञ्चालन हुनेछ।मुख्य महायज्ञ भने बैशाख १७ गतेदेखि जेठ २६ गते सम्म हुनेछन् ।अहिले ब्यापक प्रचार प्रसारको काम भैरहेकोछ।आयोजकहरूले भक्तजनहरूको सहजीकरणका लागि सुव्यवस्थित स्थान व्यवस्था, जलपान, विश्रामस्थल तथा स्वास्थ्य सहायता जस्ता आवश्यक व्यवस्थाहरू मिलाएका छन्।
स्थानीय समाजसेवी कृष्णराज सापकोटा भन्छन्, “यस्तो धार्मिक आयोजनाले समाजमा नैतिक मूल्य, सांस्कृतिक चेतना र अध्यात्मिक विश्वासको पुनर्जागरण गर्छ। देवी प्रतिभाज्यूको वाणीमा अलौकिक शक्ति छ, जसले मानिसको मन परिवर्तन गर्न सक्छ।”
कथा वाचनसँगै कोटिहोम क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा आउने सबै श्रद्धालुलाई आयोजक समितिले अनुशासन र शुद्धताको पालना गर्न, साथै आगामी दिनहरूमा पनि सहभागी भइ आध्यात्मिक लाभ लिन अनुरोध गरेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया