काठमाडौं, रेड मिडिया।नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको इतिहासमा पहिलोपटक एक महिलाले नेतृत्व सम्हालेकी छन्। परराष्ट्र सहसचिव द्रुपदा सापकोटा विभागको महानिर्देशकमा नियुक्त भएकी छन्। यो निर्णयले नेपालको कूटनीतिक सेवामा लैंगिक समावेशीता र समानताको दिशामा ऐतिहासिक पाइला चालेको छ।
विगत लामो समयदेखि कूटनीतिक सेवामा क्रियाशील सापकोटा एक दक्ष, प्रतिबद्ध र अनुभवी अधिकारीका रूपमा परिचित छन्। उनले परराष्ट्र मन्त्रालयमा क्षेत्रीय तथा द्विपक्षीय सम्बन्ध, मानव अधिकार, राष्ट्रसंघीय मामिला, महिला सशक्तिकरण र कन्सुलर सेवासम्बन्धी थुप्रै संवेदनशील जिम्मेवारीहरू कुशलतापूर्वक सम्हाल्दै आएकी छन्।
कन्सुलर सेवा विभाग नेपाली नागरिकहरूको अन्तर्राष्ट्रिय स्तरमा हित संरक्षण, राहदानी सेवा, वैदेशिक रोजगार, आप्रवासी नेपालीहरूको सेवा तथा संकटमा परेकाको उद्धारमा केन्द्रीय भूमिका निर्वाह गर्ने निकाय हो। यस्तो संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारीमा पहिलोपटक महिलाको नेतृत्व हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो।
सापकोटाले कार्यभार सम्हाल्दै नागरिकमैत्री सेवा, पारदर्शिता, सूचनाको सहज प्रवाह र आपतकालीन सेवामा चुस्तता ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले प्रविधिको अधिकतम उपयोग गर्दै कार्यकुशलता र नागरिकको विश्वास जित्नु आफ्नो प्राथमिकता हुने स्पष्ट पारेकी छन्।
यो नियुक्तिले नेपाली प्रशासनिक संरचनामा महिलाको प्रभावकारी उपस्थिति बढाउँदै लैजाने संकेत दिएको छ। यसले आगामी दिनहरूमा अन्य उच्च तहका जिम्मेवारीहरूमा समेत महिलाहरूको पहुँच सुनिश्चित हुने आशा जगाएको छ।
रेड मिडिया परिवारको तर्फबाट द्रुपदा सापकोटा ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया