काठमाडौं, ११ चैत्र – काठमाडौं महानगरपालिकाको विवादास्पद निर्णयले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरूलाई ठूलो सास्ती बेहोर्न बाध्य बनाएको छ। बिना कुनै सूचना महानगर प्रहरीले पार्किङ स्थल सिलबन्दी गरेपछि दर्शनार्थी, साधुसन्त, स्थानीय व्यवसायी र सर्वसाधारणहरू आक्रोशित बनेका छन्।
शनिबारदेखि पार्किङ क्षेत्रमा मोटरसाइकल, कार, बस राख्न नपाउने भएपछि भक्तजनहरू अन्योलमा परेका छन्। पार्किङ क्षेत्रमा खटाइएका महानगर प्रहरीहरूले ‘माथिको आदेश’ भन्दै सवारी साधन छिर्न नदिएको स्थानीयहरूले गुनासो गरेका छन्। जब महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्।
धर्म-कर्मको केन्द्र मानिने पशुपति क्षेत्रलाई व्यवस्थित बनाउने नाममा महानगरले भक्तजनहरूको सुविधामाथि प्रहार गरेको भन्दै नागरिक समाज, धार्मिक संघसंस्था, र राजनीतिक दलहरूले चर्को विरोध जनाएका छन्। पार्किङ अभावका कारण यात्रुहरू सास्ती झेल्न बाध्य भएका छन्, भने सवारी साधन अस्तव्यस्त पार्किङ गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको यो कदम सर्वसाधारणविरोधी, असंवैधानिक र तानाशाही शैलीको भएको भन्दै आलोचना बढ्दै गएको छ। यदि तत्काल पार्किङ व्यवस्था पुनः सुचारु नगरिए, स्थानीयहरूले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौं, बैशाख ८ –विद्यालय शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले देशभरका सामुदाय ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!