बिरौटा, पोखरा – सनातन धर्म, आध्यात्मिक जागरण र धार्मिक एकताको प्रतीक मानिएको श्री गण्डकी कोटिहोम महायज्ञ अब पोखराको बिरौटामा भव्य रूपमा आयोजना हुने भएको छ। यसअघि लेकसाइडको बाराहीघाट क्षेत्रमा गर्न तय गरिएको महायज्ञ स्थान परिवर्तन भई पोखरा महानगरपालिका-१७, बिरौटा मा सञ्चालन गर्न लागिएको हो।
मानव सेवा फाउण्डेसन नेपाल द्वारा आयोजित यस ऐतिहासिक महायज्ञका लागि श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर गुठीको जग्गा तथा स्थानीयहरूको भूमि भाडामा लिई कार्यक्रम अघि बढाउने निर्णय भएको छ। प्रारम्भिक भूमिपूजनका क्रममा उत्पन्न विवादका कारण पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, सुरक्षा निकायका प्रमुखहरू र आयोजक बीच छलफलपछि वैकल्पिक स्थान खोज्ने सहमति बनेको थियो। अन्ततः बिरौटा क्षेत्रका धार्मिक संस्था तथा स्थानीय समुदायको सहयोग प्राप्त भएपछि महायज्ञ त्यहाँ सारिएको हो।
यस ऐतिहासिक महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराज आइतवार बिरौटा पुग्दा आमा समूह, टोल विकास समिति तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले भव्य स्वागत गरे। यस अवसरमा स्थानीयहरूले महायज्ञलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको जागरण गर्ने यस ऐतिहासिक आयोजनालाई बिरौटावासीले गौरवको रूपमा लिएका छन्।
२०८१ साल चैत्र १७ गतेदेखि २०८२ साल जेठ २६ गतेसम्म चल्ने श्री गण्डकी कोटिहोम महायज्ञ सनातन धर्म, संस्कृति र वेदपरम्पराको संवर्द्धनका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। लाखौं श्रद्धालु भक्तजनहरू नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट महायज्ञमा सहभागी हुने अपेक्षा गरिएको छ। धर्मप्रेमी जनसमुदायका लागि मात्र नभई सम्पूर्ण मानव सभ्यताको शान्ति, समृद्धि र आत्मजागरणको लागि यो महायज्ञ एक ऐतिहासिक अवसर बन्नेछ।
"धर्म र संस्कृतिको उत्थान, सनातन सभ्यताको पहिचान" भन्ने भावनाका साथ सञ्चालन हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञ मानव कल्याण, समाज सुधार, तथा वैदिक परम्पराको पुनर्जागरणका लागि अद्वितीय उदाहरण बन्ने विश्वास गरिएको छ।
यो महायज्ञ केवल पूजापाठको कार्यक्रम मात्र नभई धार्मिक चेतनाको जागरण, सामाजिक एकता र नैतिक मूल्यको पुनःस्थापनाको अभियान हो। अतः सम्पूर्ण धर्मप्रेमी भक्तजन, संघसंस्था तथा श्रद्धालुहरूलाई यस पुण्य कार्यमा सहभागिता जनाइ महायज्ञलाई भव्य रूपमा सफल पार्न हार्दिक आह्वान गरिन्छ।
सनातन धर्मको रक्षा, समाजको उन्नति र आध्यात्मिक शान्तिका लागि यो महायज्ञ ऐतिहासिक बन्नेछ!
काठमाडौं,८ वैशाख- बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद या ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!