गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टर र मङ्गलादेवी फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष ज्ञानि महर्जन प्रजापति ले गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष तथा समाजसेवी सृजना सिंह रहिन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री माननीय हरि प्रभा खड्की श्रेष्ठ विशिष्ट अतिथि थिइन्। त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसी र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रमुख स्वकीय सचिव इन्द्रमान सिंह सुवाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर निश्चल बारही, सौन्दर्यकला व्यवसायी संघ ललितपुरकी उपाध्यक्ष सीता अर्याल, र सौन्दर्यकला व्यवसायी संघ काठमाडौंकी कोषाध्यक्ष सुमा चित्रकार रहेका थिए।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्की, सचिव उत्तम अधिकारी, विभिन्न प्रतिष्ठानका प्रतिनिधिहरू तथा वरिष्ठ ब्युटिसियनहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रतियोगिताका विजेताहरूलाई कलर इसेन्स, Coswiz, र Silkhair कम्पनी द्वारा आकर्षक गिफ्ट ह्याम्पर तथा नगद पुरस्कार प्रदान गरियो।
कार्यक्रममा शिक्षा महर्जनको नेतृत्वमा नेवा फ्युजन ग्रुप को प्रस्तुति तथा सुसिला महतको नृत्य आकर्षणको केन्द्र बने। सौन्दर्यकला क्षेत्रमा संलग्न व्यवसायी तथा नवप्रतिभाहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सञ्चालन कार्यक्रम सञ्चालक, गायिका तथा सञ्चारकर्मी विष्णुमाया पौडेल ले गरेकी थिइन्।
काठमाडौं, ८ बैशाख –पशुपति क्षेत्र वरिपरि "सिलाजित", "केसर", "हिङको ते ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!