प्रचण्डको अपिल: चैत १५ गते काठमाडौँमा विरोध सभामा ठूलो सङ्ख्यामा उपस्थित हुन जनतालाई आग्रह

प्रचण्डको अपिल: चैत १५ गते काठमाडौँमा विरोध सभामा ठूलो सङ्ख्यामा उपस्थित हुन जनतालाई आग्रह

पर्सा ।पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा आयोजना हुने विरोध सभामा पर्साका जनतालाई ठूलो सङ्ख्यामा सहभागी हुन अपिल गरेका छन्।

उनले सरकारका गलत क्रियाकलापहरूका कारण जनताको हितविपरित निर्णयहरू भइरहेको भन्दै, विरोध सभामा सहभागी भएर दबाब दिनको आवश्यकता रहेको बताए।

प्रचण्डले चैत १५ पछि देशको राजनीति सही ट्र्याकमा आउने विश्वास व्यक्त गर्दै, मुकेश चौरासियालाई सहिद घोषणा गर्न सरकारसँग पहल गर्ने आश्वासन पनि दिएका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP