गणतन्त्रको सुदृढीकरणका लागि नेकपा एमालेको राष्ट्रव्यापी अभियान

गणतन्त्रको सुदृढीकरणका लागि नेकपा एमालेको राष्ट्रव्यापी अभियान

काठमाडौं, चैत्र ७ – संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त बनाउन नेकपा (एमाले) ले देशभर अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव शङ्कर पोखरेलका अनुसार, यो अभियान चैत्र ११ गते देशभरका वडाहरूमा एकैसाथ हुने जनपरिचालन र जागरण सभाबाट सुरु हुनेछ।

के–के हुनेछन् अभियानमा?

चैत्र ११ – देशभर एकैसाथ जनपरिचालन र जागरण सभा
चैत्र १२ देखि – नागरिक समाजका अगुवासँग अन्तरक्रिया
चैत्र १८ – देशभरका जिल्लाहरूमा जनप्रदर्शन तथा मोटरसाइकल र्‍याली
चैत्र २४–३० – मुख्य सहरहरूमा वृहद जनप्रदर्शन
काठमाडौंमा अन्तिम सभा – मिति पछि घोषणा गरिने

महासचिव पोखरेलले भने, "गणतन्त्रका बारेमा फैलाइएका भ्रम हटाउन र सत्यतथ्य जनतासामु ल्याउन यो अभियान गरिएको हो।" एमालेले गणतन्त्रलाई अझ सबल बनाउन सबैलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP