काठमाडौं, ६ वैशाख- प्रकृतिको लागि एक हिँडाइ, हाम्रो यात्रा सुन्दर प्रकृतिको लागि" भन्ने नारासहित दथुत्वा बाजा खलद्वारा आयोजित एकदिने हाइकिङ कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। प्रकृति, धर्म, स्वच्छता र सामाजिक सम्वादलाई जोड्ने उद्देश्यसहितको यो यात्राले सहभागीहरूमा गहिरो प्रभाव छाडेको छ।
हाइकिङ बुढानीलकण्ठ मन्दिरबाट सुरु भई गोलखुटार, गौडा, चन्देश्वरी, टोखा मन्दिर, बज्रयोगिनी, सप्न तीर्थ हुँदै झोर महादेवस्थानमा पुगेर समापन भयो। यात्राले शारीरिक तन्दुरुस्ती मात्र होइन, धार्मिक आस्था, सामाजिक सद्भाव र वातावरणीय चेतनालाई पनि समेटेको थियो।
मार्गभरि फालिएका चकलेटका खोल, प्लास्टिकका बोतल, चाउचाउका रेपरजस्ता करीब १०–१२ केजी तौल बराबरको फोहोर संकलन गरेर खलका सदस्यहरूले स्वच्छता अभियानमा उदाहरणीय योगदान दिएका छन्। संकलित फोहोरमार्फत उनीहरूले "प्रकृति हाम्रो मन्दिर हो, यसलाई फोहोरले अपवित्र नबनाऔं" भन्ने सन्देश दिएका थिए।
धार्मिक रूपमा पनि यो यात्रा समृद्ध रह्यो। बुढानीलकण्ठ, स्कोन, चन्देश्वरी, बज्रयोगिनी, सप्न तीर्थ र झोर महादेवको दर्शन गर्दै आध्यात्मिक आत्मसंवेदनाको अनुभूति गरिएको थियो। झोर पुगेर बाजागाजाको लयमा स्थानीय नेवार समुदायसमेत नाचमा सहभागी भएपछि यात्राले सामाजिक सम्बन्धलाई थप सुदृढ बनायो।
स्थानीय जात्राबिज्ञ श्रीकृष्ण डङ्गोलका अनुसार, यस्ता कार्यक्रमहरूले धार्मिक यात्रा र प्रकृति संरक्षणबीचको सम्बन्ध उजागर गर्छन्। "जात्रा र परम्परामा मात्र सीमित नरही, अब यसलाई वातावरणीय जागरणसँग जोड्नु अत्यावश्यक छ," उनले बताए।
दथुत्वा बाजा खलका १८ जना सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त बनाएको थियो। उनीहरूले हरेक वर्ष यस्ता सामाजिक, धार्मिक र पर्यावरणीय सन्देश बोकेका गतिविधिहरूलाई निरन्तरता दिने अठोट व्यक्त गरेका छन्।
"प्रकृतिले हामीलाई स्वच्छता दिन्छ, अब समय आएको छ, हामीले पनि प्रकृतिलाई स्वच्छता फर्काउने," कार्यक्रम संयोजकको भावपूर्ण अभिव्यक्ति थियो।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया