पोखरा महानगरका प्रशासकीय अधिकृत कपिल गिरी २५,००० रुपैयाँ घुससहित रङ्गेहात पक्राउ

पोखरा महानगरका प्रशासकीय अधिकृत कपिल गिरी २५,००० रुपैयाँ घुससहित रङ्गेहात पक्राउ

पोखरा, चैत ७ – पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट २५,००० रुपैयाँ घुस लिएको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ।

अख्तियार स्रोतका अनुसार, गिरीले उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका थिए। यस सम्बन्धमा उजुरी प्राप्त भएपछि, अख्तियार टोलीले उनलाई निगरानीमा राखेको थियो। जब उनले सेवाग्राहीसँग नगद बुझे, त्यही बेला टोलीले पोखरा महानगरपालिकाको मुख्य गेट अगाडि उनलाई नियन्त्रणमा लियो।

यो घटनाले पोखरा महानगरपालिकाभित्र व्याप्त भ्रष्टाचारलाई पुनः सतहमा ल्याएको छ। स्थानीय बासिन्दाहरूले सरकारी निकायमा पारदर्शिता कायम गर्न अझ कडा निगरानी र कारबाहीको माग गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरुद्ध थप अनुसन्धान अघि बढाइरहेको छ।भ्रष्टाचार निवारण ऐनअनुसार उनलाई कानुनी कठघरामा ल्याइनेछ,अख्तियार प्रबक्ताले भनेकाछन। यो कारबाहीले महानगरका अन्य भ्रष्ट कर्मचारीहरूलाई समेत कडा सन्देश दिने बताइएको छ।पोखरा महानगरलाई अख्तियारले उच्च भ्रष्टाचार हुने सुचिमा राखेकोछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP